कोरोना ग्राफ : पछिल्लो २४ घण्टामा १३ सय ३० जना संक्रमित थपिए-Sutra News

कोरोना ग्राफ : पछिल्लो २४ घण्टामा १३ सय ३० जना संक्रमित थपिए

मंगलबार, ५ असोज २०७८

मंगलबार, ५ असोज २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर जम्मा १३ हजार ६२२ नुमना परीक्षण गर्दा १३ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ६२६ नमुना पीसीआर गर्दा १ हजार ३६ र ३ हजार ९९६ जनाको एन्टीजेन परीक्षण गर्दा २९४ व्यक्तिमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाअनुसार यस अवधिमा १८ सय ३० जना संक्रमणमुक्त भएका छन् त्यसैगरी संक्रमणको कारणले ५ जनाको निधन भएको छ ।

हाल सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ रहेको छ । जसमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा र १३ सय ६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३३५ आइसियूमा र १०७ जना भेन्टिलेटरमा उपचारत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट