टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु-Sutra News

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुधबार, १६ भाद्र २०७८

बुधबार, १६ भाद्र २०७८

विराटनगर- मोरङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।



पूर्वबाट पश्चिम जाँदै गरेको को १ ख ६ ५ ०३ नम्बरको टिपरले सुन्दरहरैचा-७ गोठगाँउमा प्रदेश१-०२०४१प ९१२५ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक पथरी शनिश्चरे नगरपालिका-२ का ४१ वर्षीय वीरेन्द्र लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

दुर्घटनामा घाइते उनलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगे पनि त्यहाँ मृत्यु भएको हो । टिपर चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट