जनताको सरकार ढल्यो, दक्षिणपन्थीको सरकार बन्यो – ओली-Sutra News

जनताको सरकार ढल्यो, दक्षिणपन्थीको सरकार बन्यो – ओली

शनिबार, १६ साउन २०७८

शनिबार, १६ साउन २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको सरकार ढलेर दक्षिणपन्थीको सरकार बनेको बताएका छन्।



शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा बोल्दै नेता ओलीले यस्तो बताएका हुन् ।

त्यस्तै उनले पार्टीका अर्का नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै पनि ठाउँ नभएको बताएका छन् ।

 ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’ उनले भने ।

उनले आगामी चुनावमा आफूहरुले बहुमत ल्याउने विश्वाससमेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट