डा. रविन्द्र पाण्डे भन्छन् – ६० देखि ६५ वर्ष उमेर समूह कोरोना भाइरसविरुद्धको खोप लगाउनबाट बन्चित-Sutra News

डा. रविन्द्र पाण्डे भन्छन् – ६० देखि ६५ वर्ष उमेर समूह कोरोना भाइरसविरुद्धको खोप लगाउनबाट बन्चित

मंगलबार, १८ जेष्ठ २०७८

मंगलबार, १८ जेष्ठ २०७८

काठमाडौँ । डा. रविन्द्र पाण्डेले ६० देखि ६५ बर्षको उमेर समुहका मानिसहरु कोरोना भाइरसविरुद्धको खोप लगाउन बाट बन्चित भएको बताएका छन् ।



मंगलवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै डा. पाण्डेले यस्तो बताएका हुन् ।

‘खोपमा सबैभन्दा अन्यायमा परेको ६० देखि ६५ बर्षको उमेर समुह हो,’ उनले भनेका छन्,’कोभिशिल्डको एक मात्रा ६५ बर्षमाथिकाले लगाउन पाए भने भेरोसेलको खोप ६० बर्ष मुनीका नागरिकले पाए ।’

त्यस्तै उनले सरकारले चीनबाट आउने खोप पहिलो प्राथमिकता उक्त उमेर समुहलाई दिने विश्वास रहेको बताएका छन् ।

उनले दोस्रो प्राथमिकतामा दीर्घरोग भएका ४० बर्षमाथिको उमेर समुह र तेस्रो प्राथमिकतामा जनसम्पर्कका पेशा / ब्यबसायका व्यक्तिलाई दिंदा प्रभावकारी हुने उल्लेख गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट