मोटरसाइकल चोरेको आरोपमा दुई पक्राउ-Sutra News

मोटरसाइकल चोरेको आरोपमा दुई पक्राउ

मंगलबार, १८ जेष्ठ २०७८

मंगलबार, १८ जेष्ठ २०७८

काठमाडौं । मोटरसाइकल चोरेको आरोपमा काठमाडौँको कोटेश्वरबाट दुई जना पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा पर्साको बीरगञ्जस्थित परवानीपुर घर भएका १८ वर्षीय बिकास थापा मगर र २१ वर्षीय विशाल थापा मगर रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । शुक्रवारदेखि नरेफाँटबाट मोटरसाइकल हराएको सूचना पाएपछि प्रहरीले चोरीमा संलग्नको खोजी थालेको थियो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट