यस्तो देखियो बल्खुमा एमाले पार्टी कार्यालय शिलान्यास (फोटो फिचर)-Sutra News

यस्तो देखियो बल्खुमा एमाले पार्टी कार्यालय शिलान्यास (फोटो फिचर)

बिहिबार, ९ बैशाख २०७८

बिहिबार, ९ बैशाख २०७८

काठमाडाैं – प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसर पारेर बिहीबार बल्खुमा आयोजित केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका छन्। 



oli-party-emale.jpg

 

मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा ओलीले विहीबार बिहान भवन शिलान्यास गरेका हुन्। 

एमालेको नयाँ केन्द्रीय कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए। १३ रोपनी क्षेत्रफलमा फैलिने कार्यालय देशभरका कार्यकर्ताहरुको आस्था र सम्मानको प्रतीक हुने उनले बताए।

oli-party-emale8.jpg

बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनबाट पार्टी कार्यालय सन्चालन गर्दै आएको थियो। तर आजबाट एमाले केन्द्रीय कार्यालय थापाथलीबाट सन्चालन हुनेछ। 

विसं २०५१ मा बनेको धुमबाराहीस्थित एमाले पार्टी कार्यालय २०७२ सालको भूकम्पले भत्किएको थियो। अब बन्ने कार्यालय भूकम्पप्रतिरोधि हुने यो नेपालका राजनीतिक पार्टीका केन्दीय कार्यालयमध्ये सबैभन्दा अत्याधुनिक हुने जानकारी पनि कार्यक्रममा दिइएको थियो।

 

oli-party-emale6.jpg

oli-party-emale9.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट