राष्ट्रपति भण्डारी ढाकामा [६ तस्बिर]-Sutra News

राष्ट्रपति भण्डारी ढाकामा [६ तस्बिर]

सोमबार, ९ चैत्र २०७७

सोमबार, ९ चैत्र २०७७

ढाका- राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा आज बिहान यहाँको राजधानी ढाकामा आइपुगेकी छिन् ।



बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बिहान स्थानीय समयानुसार १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी हुन् ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट यहाँ आइपुगेकी राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गरे ।

राष्ट्रपति भण्डारीलाई विमानाट ओर्लेलगत्तै बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रले पनि स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीलाई विमानस्थलमा २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ दिइयो । रासस

 

PS_Dhaka1(2).jpg

PS_Dhaka_7091.jpg

PS_Dhaka-_7093.jpg

PS_Dhaka-7112-Copy.jpg

PS_Dhaka_7114.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट