पार्टीलाई सुदृढ र बलियो बनाउनुपर्नेमा नेताहरूको जोड [फोटोफिचर]-Sutra News

पार्टीलाई सुदृढ र बलियो बनाउनुपर्नेमा नेताहरूको जोड [फोटोफिचर]

बिहिबार, ५ चैत्र २०७७

बिहिबार, ५ चैत्र २०७७

काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीलाई सुदृढ र बलियो बनाउने बताएका छन् ।



आजदेखि सुरु भएको एमालेका नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी सङ्कटमा पुगेकाले बचाउनुपर्ने बताए ।

भेलामा अर्का नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिँदै फागुन २८ गते गरिएको निर्णय खारेज हुनुपर्नेमा माग राखे ।

पार्टीमा उत्पन्न विषम परिस्थितिका बारेमा छलफल गरी एकिकृत धारणा तय गर्न र त्यसअनुरुप पार्टी पङ्क्तिलाई देशव्यापीरुपमा परिचालन गरी पार्टीलाई सुदृढ, एकताबद्ध र क्रियाशील बनाउन भेला आयोजना गरिएको नेता विष्णु रिजालले जानकारी दिए ।

उनकाअनुसार भेलामा सातवटै प्रदेश, जनसम्पर्क कमिटी, जनसङ्गठन तथा पेशागत सङ्गठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूह विभाजन गरी छलफल गरिएको छ । ती समूहबाट आएका सुझावलाई आधारमानी अवधारणापत्र सार्वजनिक गरिने छ ।

सहभागीको समूह विभाजन तथा छलफलमा सहजीकरण गर्नका लागि प्रदेश नं १ मा भीमप्रसाद आचार्य, प्रदेश नं २ मा घनश्याम भुसाल, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली, कर्णाली प्रदेशमा योगेश भट्टराई, सुदूरपश्चिम प्रदेशमा भीमबहादुर रावल, सम्पर्क कमिटीमा वेदुराम भुसाल, जनसङ्गठन तथा पेशागतमा रघुजी पन्त र केन्द्रीय निकाय तथा विभागमा अमृतकुमार बोहरालाई जिम्मेवारी दिइएको छ ।

हेर्नुहोस् तस्बिरहरू

161469198_179116187172955_1606523801084382988_n.jpg

161677897_746705456027551_6964781130045752573_n.jpg

161514481_348482609822239_1283008381711343628_n.jpg

162234551_457115098865333_8416109774381337157_n.jpg

161942567_247806470390016_2779319671840747174_n.jpg

RoS_Ktm20210317IMG_012645344.JPG

RoS_Ktm20210317IMG_99524538.JPG

RoS_Ktm20210317IMG_99574539.JPG

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट