जेट बोट सरर-Sutra News

जेट बोट सरर

सोमबार, २४ फाल्गुन २०७७

सोमबार, २४ फाल्गुन २०७७

सुनसरी र उदयपुरको सीमानामा कोशी पुलबाट सप्तकोशी नदीमा हेर्दा जेट बोट यात्रु बोकेर कुदिरहेको देखिन्छ । पुलभन्दा थोरै तल जेटबोट स्टेसन पनि बनाइएको छ । त्यस स्टेसनमा ४ सय रुपैया“को टिकट काटेपछि बराहक्षेत्र मन्दिरको दर्शन गरेर पुनः त्यहिँ ठाउँमा फर्किन सकिन्छ ।



05.jpg

जेटबोट यहाँबाट भोजपुरको सिम्लेसम्म जान्छ, सिम्लेको भाडा एकतर्फी ४ सय रुपैयाँ लाग्छ । बराहक्षेत्र हिन्दुहरुको एक चर्चित धार्मिकस्थल हो । त्यहाँ दैनिक रुपमा दर्शनार्थीहरुको आवत जावत भइरहन्छ । हाल सप्तकोशीमा चारवटा जेट बोट सञ्चालनमा छन् । आन्तरिक पर्यटकहरुका लागि सप्तकोशीमा सञ्चालित यी बोटहरुले आकर्षण गर्ने गरेका छन् ।

011.jpg

०७० साल साउनमा दर्जनौं बेपत्ता हुने गरी भएको डुंगा दुर्घटनापछि परम्परागत डुंगाको साटो अत्याआधुनिक जेट बोटको प्रयोग गरिएको हो । एउटा मात्रै बोट सञ्चालन ल्याइरहेको अवस्थामा केही वर्ष पहिले बराहक्षेत्र जल यातायात प्रालिले अर्को बोट पनि थपेको छ । हाल यी दुवै बोटले यात्रुहरु ओसारिरहेका छन् ।

BOJH9512.jpg

बराहक्षेत्र मरिन एण्ड रिसोर्ट प्रालिले समेत २ वटा सुविधासम्पन्न बोट सप्तकोशीमा सञ्चालन गरेको छ । हाल चलिरहेको बराहक्षेत्र–चतरामात्रै नभएर कोशी ब्यारेजदेखि काभ्रेको दोलालघाटसम्म यस्तो जहाज चलाउने सरकारी योजना छ । हाल कायम गरिएको भाडाका विषयमा भने स्थानीयहरुको गुनासो छ । तत्कालिन भाडा महँगो भएको स्थानीयहरु बताउँछन् ।

BOJH9523.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट