नेकपा ओली समूहको जुलुस [फोटोफिचर]-Sutra News

नेकपा ओली समूहको जुलुस [फोटोफिचर]

शुक्रबार, २३ माघ २०७७

शुक्रबार, २३ माघ २०७७

काठमाडौ- नेकपा ओली समूहले आज बृहतसभा सुरु हुनुभन्दा अगाडि उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालेको छ ।



पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा सुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको छ ।

जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत हुनेछन् । जुलुसमा कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँँ, हामी जनता जाग्दैछौँ निर्वाचनमा लाग्दैछौँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ जस्ता नारा लगाइएको छ ।

पार्टी प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट नेता, कार्यकर्ता र पार्टी समर्थक आउने बताए ।

सभा सफलतापूर्वक सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डललगायत नेताले सम्बोधन गर्नेछन् ।

146779979_139927194623543_8217259897948656596_n.jpg

146456204_4015373085141747_1349651105327298801_n.jpg

145709338_434063844479229_7914466214748497012_n.jpg

146259634_2820092314898979_5413203854214423922_n.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट