संसद विघटनविरुद्ध सबै स्थानीय तहमा कांग्रेसको प्रर्दशन-Sutra News

संसद विघटनविरुद्ध सबै स्थानीय तहमा कांग्रेसको प्रर्दशन

शनिबार, ३ माघ २०७७

शनिबार, ३ माघ २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रर्दशन गर्ने भएको छ । सभापति शेरबहादुर देउवाले हिजो एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा (संसद) विघटनविरुद्ध सबै स्थानीय निर्वाचन तहमा हुन लागेको प्रदर्शनमा सहभागिता हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए ।



यसअघि कांग्रेसले गत पुस १३ गते एक सय ६५ संघीय निर्वाचन क्षेत्र तथा पुस २५ गते तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रमा सरकारको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको थियो । सोही क्रमअनुरुप आज देशभरका सात सय ५३ स्थानीय तहमा कांग्रेसले विरोध गर्ने भएको हो ।

आज हुने विरोधमा सबैलाई उपस्थित हुन पार्टी सभापति देउवाले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट