बिरामी भएपछि स्थगित गरे रजनीकान्तले नयाँ पार्टी खोल्ने योजना-Sutra News

बिरामी भएपछि स्थगित गरे रजनीकान्तले नयाँ पार्टी खोल्ने योजना

बुधबार, १५ पौस २०७७

बुधबार, १५ पौस २०७७

नयाँदिल्ली- दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनीकान्तले आउँदो एक वा दुई दिनमा आफ्नो राजनीतिक भूमिका घोषणा गर्न लागेका थिए तर अचानक उनले यो नयाँ भूमिकामा हस्ताक्षर गर्न अस्वीकार गरे । रजनीकान्तले आफ्नो स्वास्थ्यलाई ध्यानमा राखी राजनीतिमा प्रवेश नगर्ने निर्णय गरे ।



रजनीकान्त अस्पतालबाट डिस्चार्ज भएपछि घर फर्किए र फ्यानहरूसँग माफी मागेर अब आफ्नो राजनीतिक पार्टी सुरु गर्ने निर्णय फिर्ता लिएका छन् । 

केही समय अघि अब आफ्नै राजनीतिक दल खोलेर चुनाव लड्ने बताएका उनले अहिले भने चुनावी राजनीति नगर्ने र आफ्नो पार्टी नबनाउने घोषणा गरेका हुन् ।  केही दिन अघि हैदरावादमा सुटिङ चलिरहेका बेला रजनीकान्तको स्वास्थ्यमा समस्या आएपछि तीन दिन अस्पताल भर्ना गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट