सिनेमा हल आजदेखि सञ्चालनमा-Sutra News

सिनेमा हल आजदेखि सञ्चालनमा

शुक्रबार, १० पौस २०७७

शुक्रबार, १० पौस २०७७

काठमाडौं- गत वर्षको चैत दोस्रो सातादेखि बन्द रहेका सिनेमा हल आजदेखि सञ्चालन हुँदैछन् । हल सञ्चालकहरूले आन्दोलनका रूपमा आजदेखि सिनेमा खुला गर्ने भएका हुन् । चैत ११ गते लकडाउन घोषणा हुनुअगावै देशभरिका सिनेमा हल एक साथ बन्द गरिएका थिए ।



नेपाल चलचित्र संघले सरकारको आग्रह र हल सञ्चालकहरूले कोरोना महामारीप्रति उत्तरदायित्व बोध गरेर चैत ६ गतेदेखि नै हल बन्द गरेका थिए । तर, सरकारकै तर्फबाट पनि ठूला सभा र विभिन्न दलका आन्दोलन भइरहँदा पनि संक्रमण देखाएर सिनेमा हल बन्द राखिएपछि संघले आजबाट हल सञ्चानल गर्न लागेका हुन् ।

हल सञ्चालन हुने भएपछि बिहीबार सरसफाइ गरिएको छ । आज दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टिभाइरस’ देखाउने तयारी छ । नेपाल चलचित्र संघका अनुसार देशभरमा दुई सय सिनेमा हल बन्द हुँदा यसमा आश्रित ३० हजार परिवारको गुजरामा संकट निम्तिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट