बुढानिलकण्ठ मन्दिर भक्तजनका लागि खुला-Sutra News

बुढानिलकण्ठ मन्दिर भक्तजनका लागि खुला

आइतबार, ५ पौस २०७७

आइतबार, ५ पौस २०७७

काठमाडौं- कोरोना भाइरसको महामारीले गत चैत्र ११ पछि बन्द काठमाडौंको बुढानिलकण्ठ मन्दिर आजबाट भक्तजनका लागि खुला गरिएको छ ।



स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी आज बुढानिलकण्ठ मन्दिर खुला गरिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले जानकारी दिए ।

मन्दीर खुला भएपनि यसको औपचारिक घोषणा भने अहिले बिहान सवा ८ बजे हुनेछ ।

मन्दिर परिषरमा हुने विशेष कार्यक्रममा बागमती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले मन्दिर भक्तजनका लागि पनि खुला गरिएको घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट