माधव असन्तुष्टीबारे प्रचण्ड र ओलीबीच छलफल-Sutra News

माधव असन्तुष्टीबारे प्रचण्ड र ओलीबीच छलफल

बिहिबार, २० बैशाख २०८१

बिहिबार, २० बैशाख २०८१

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तारूढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री र एमाले अध्यक्षबिच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



हालै सम्पन्न इलाम–२ र बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको समिक्षाका साथै, समसामयिक राजनीतिक विषयमा दुई नेताबिच छलफल भएको जनाइएको छ । इलाम २ मा भएको उपनिर्वाचनमा एमाले उम्मेदवारलाई सघाएको थियो ।

अहिले विशेषगरी सत्ता नेतृत्वकर्ता दुई एमाले र माओवादी केन्द्रप्रति एकीकृत समाजवादी असन्तुष्ट छ । एकीकृत समाजवादीले जुनसुकै बेला गठबन्धन त्याग्न सक्ने बताइरहेको छ । प्रचण्ड र ओलीबीच एकीकृत समाजवादीले व्यक्त गरेको असन्तुष्टिबारे पनि छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट