कलाकार फाइनलमै अड्किएको फिल्म ‘ऐरी’ !-Sutra News

कलाकार फाइनलमै अड्किएको फिल्म ‘ऐरी’ !

बिहिबार, २० बैशाख २०८१

बिहिबार, २० बैशाख २०८१

काठमाडौं । फिल्म ‘ऐरी’ बन्ने भनेर घोषणा भएको करिब पाँच महिनाभन्दा बढी समय भइसकेको छ । यो फिल्मलाई जीवन थापाले निर्देशन गर्दैछन् । तर, घोषणा भएको पाँच महिना बितिसक्दा पनि छायांकनमा जान नसकेको यस फिल्मको निर्माण टिम भने कलाकार फाइनल गर्न मै अड्किएको छ ।



सुरुवातमा फिल्मका लागि नायक प्रदीप खड्का फाइनल भएका थिए । त्यस समयमा निर्माण पक्षले फिल्मको पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराएको थियो । जसमा प्रदीपको पात्रबारे जानकारी दिँदै फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको बताइएको थियो ।

यसपछि भित्र भित्रै अर्को कलाकारमा अभिनेता सौगात मल्ल फाइनल गराएको टिमले यतिबेला अर्को एक कलाकारमा भुटानका चर्चित कलाकार सांगे सेल्ट्रिमलाई पनि भित्र्याएको छ।

यो फिल्मका लागि निर्देशक थापा र सांगेबीच बुधबार कागजी सम्झौता भएको हो । यहि फिल्म साइन गर्न भनेर सांगे मंगलबार नेपाल आएका थिए । फिल्ममा उनको भूमिका के हुने हो ? भन्ने बिषयमा निर्माणपक्षले भने केही पनि खुलाएको छैन ।

सलमान खान अभिनीत फिल्म ‘राधे’बाट बलिउडमा डेब्यूको मौका पाए सांगेले शाहरुख खान स्टारर फिल्म ‘जवान’मा आफ्नो अभिनयले चर्चा पाएका थिए । उक्त फिल्ममा उनले जुजु नामक एक प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका थिए । ‘जवान’मा काम गरेपछि सांगेको चर्चा नेपाली दर्शकमाझ छ ।

यता, यो फिल्म ‘ऐरी’मा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको सांगेले बताएका छन् । फिल्ममा अनुबन्धित भएपछि उनले भने, ‘मैले यो फिल्ममा काम गर्नुको मुख्यकारण यसको कथावस्तु हो । यसको कथावस्तु ऐतिहासिक छ । साथमा, मलाई सधै नै योद्धाको कथामा काम गर्न मन थियो । यसैले, यो फिल्मबाट मेरो सपना पुरा हुँदैछ ।’

फिल्मका निर्देशक थापा र नायक खड्का प्रतिभाशाली भएकाले पनि काम गर्न उत्साहित भएको तर्क गर्दै सांगेले बलिउड र नेपाली फिल्म क्षेत्रको सहकार्य हुन लागेकाले पनि आफू यो फिल्ममा काम गर्न उत्साहित भएको बताएका छन् । साथै, उनले नेपाल र भुटानको सम्बन्धलाई अझै उचाईमा लैजानका लागि पनि आफूले यो फिल्म साइन गरेको बताए ।

प्रि प्रोडक्शनको काम भन्दै अड्किएको यो फिल्मलाई नेपाली, हिन्दीका साथै, दक्षिण भारतीय भाषामा समेत डब गरिने बताइएको छ । फिल्ममा सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माण रहनेछ । फिल्मको निर्माण टिमले छायांकन केही महिनापछि सुरु हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट