सलमानको ग्यालेक्सी अपार्टमेन्टमा गोली हान्ने एक आरोपीले हिरासतमा गरे आत्महत्या !-Sutra News

सलमानको ग्यालेक्सी अपार्टमेन्टमा गोली हान्ने एक आरोपीले हिरासतमा गरे आत्महत्या !

बिहिबार, २० बैशाख २०८१

बिहिबार, २० बैशाख २०८१

काठमाडौं ।  बलिउड अभिनेता सलमान खानको मुम्बईको बान्द्रास्थित घर बाहिर गत १४ अप्रिलमा गोली प्रहार भएको थियो । ग्यालेक्सी अपार्टमेन्ट अगाडि मोटरसाइकल सवार दुई जनाले बिहान ५ बजे ४ राउण्ड फायर गरेको थिए।



गोली चल्दा सलमान आफ्नै घरमा थिए । घटनापछि गोली चलाउने दुई अभियुक्तलाई मुम्बई क्राइम ब्रान्चको टोलीले गुजरातको भुजबाट पक्राउ गरेको थियो । उक्त आरोपमा प्रहरीले सलमानको घरबाहिर गोली हान्ने चार जना विक्की गुप्ता, सागर पाल, सोनुकुमार चन्दर बिश्नोई र अनुज थापनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका एक अभियुक्तले हिरासतमा आत्महत्या गरेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार अनुज थापान नामका एक अभियुक्तले प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेपछि उनलाई नजिकैको अस्पतालमा भर्ना गरेको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले गोली प्रहारका अभियुक्त विक्की गुप्ता र सागर पालका साथै यस घटनामा हतियार उपलब्ध गराउने सोनुकुमार चन्द्र बिश्नोई र अनुज थापान र गुण्डा नाइके लरेन्स बिश्नोई र उनका भाइ अनमोल बिश्नोईलाई पनि मुद्दा दायर गरेको थियो । अदालतले उनीहरुलाई मे ८ सम्म प्रहरी हिरासतमा पठाएको थियो ।

ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइएको घटनाको जिम्मेवारी लरेन्स समूहले लिएको थियो । ग्याङस्टर लरेन्स बिस्नोइका भाइ अनमोल बिस्नोइले यो गोली प्रहारको जिम्मेवारी लिएका थिए । यो समूहले सलमानलाई यस अघि पनि पटक पटक धम्की दिँदै आएको छ ।

यसअघि सलमानसँग महाराष्ट्र प्रहरीका कर्मचारी बस्ने गर्दथे तर धम्की आएपछि उनलाई वाई प्लस श्रेणीको सुरक्षा दिइएको छ । यो सुरक्षा घेरामा ११ जना सैनिक सधैं सलमानसँग रहन्छन्, जसमा एक वा दुई कमाण्डो र २ पीएसओ पनि हुन्छन्। सलमानको गाडी अगाडि र पछाडि एस्कर्ट गर्न सधैं दुईवटा गाडी हुन्छन् । यससँगै सलमानको कार पनि पूर्ण रूपमा बुलेटप्रुफ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट