तराईमा चिसो बढ्यो, दैनिक ज्यालादारी गरेर गुजारा गर्नेहरू समस्यामा-Sutra News

तराईमा चिसो बढ्यो, दैनिक ज्यालादारी गरेर गुजारा गर्नेहरू समस्यामा

शनिबार, ४ पौस २०७७

शनिबार, ४ पौस २०७७

काठमाडौँ- तराई-मधेशमा चिसो बढेको छ । शनिबार प्रदेश–२ का जिल्लाहरु पर्सा, बारा, रौतहट लगायत तराईका जिल्लाहरुमा हुस्सुका कारण चिसो बढेको हो । चिसो बढेसँगै जन जिवन कष्टकर बन्दै गएको छ । चिसोका कारण मानिसहरु घरबाट कम मात्रामा बाहिर निस्केका छन् ।



बजारमा पनि बिहानैदेखि चिसोका कारण चहल पहलमा कमि आएको छ ।चिसो बढेसँगै मानिसहरु जाडोबाट बच्न आगो तापेर घरमै बस्न बाध्य भएका छन् । शनिबार बिहानैदेखि बाक्लो हुस्सु सँगै चिसो हावा पनि चलेकाले मौसम अत्याधिक चिसो भएको हो ।

चिसोका कारण खासगरि दैनिक ज्यालादारी तथा घर बाहिर खुल्लामा काम गरेर जिविकोपार्जन गर्दै आएका मजदुर तथा सर्ब साधाराण हरुलाई बढी समस्या भएको छ । घर बाहिर रिक्सा ठेला तथा निर्माणका काममा खटने मजदुरहरु बढी प्रभावित भएका छन् ।

चिसोले बालबालिका र बृद्धाहरुलाई छिटै असर गर्ने भएकाले यस्तो मौसममा उनीहरुलाई सकेसम्म घरबाहिर निस्कन नदिने निस्कनै परे बाक्लो कपडा लगाएर मात्रै निस्कन दिने चिकित्सकहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट