१०३ वर्षीया छत्रमायाले पाइन् नागरिकता-Sutra News

१०३ वर्षीया छत्रमायाले पाइन् नागरिकता

शनिबार, ४ पौस २०७७

शनिबार, ४ पौस २०७७

सिन्धुली- जिल्लाको कमलामाई नगरपालिका-१३ निवासी छत्रमाया मगरले नागरिकता प्राप्त गरेकी छिन् । एकसय तीन वर्षका उमेरमा उनले जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार नागरिकता प्राप्त गरेकी हुन् ।



उनलाई प्रमुख प्रशासकीय अधिकृत भीम बस्नेतले नागरिकता प्रदान गरेका हुन् । रुचानी निवासी छत्रमाया यसअघि नागरिकता नहुँदा राज्यले प्रदन गर्ने सेवासुविधाबाट वञ्चित हुँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट