सर्वोच्च बारमा नयाँ पदाधिकारीका लागि भोलि निर्वाचन-Sutra News

सर्वोच्च बारमा नयाँ पदाधिकारीका लागि भोलि निर्वाचन

शुक्रबार, ३ पौस २०७७

शुक्रबार, ३ पौस २०७७

काठमाडौं- सर्वोच्व अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि शनिबार निर्वाचन हुँदैछ ।



प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाती) पेशागत कानून व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमानव शाक्यले गरेका छन् । वरिष्ठ अधिवक्ता खनाल पूर्णरुपमा कानूनी पेशामा समर्पित छन् भने भने अर्को वरिष्ठ अधिवक्ता शाक्य प्रोफेसर पनि हुन् ।

सर्वोच्च बारको प्रमुख निर्वाचन अधिकृत राजु खड्काका अनुसार सर्वोच्च बारमा सदस्य जम्मा ६०५ जना कानूनी व्यवसायीले मतदान गर्दै छन् ।

बिहान ८ बजेदेखि २ बजेसम्म निर्वाचनको समय तोकिएको छ । सर्वोच्च बारका सदस्यमा कोभिडको संक्रमित भएको सदस्य भएमा लाइनमा नबसीकन सिधै मतदान गर्ने व्यवस्था गरिएको छ । सर्वोच्च बारले यसपटक मत माग्दै प्रचारप्रसारको सामाग्री कागज बाँडने काममा प्रतिवन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट