नेपाली सन्तोष साह उत्कृष्ट तीनमै सीमित-Sutra News

नेपाली सन्तोष साह उत्कृष्ट तीनमै सीमित

शुक्रबार, ३ पौस २०७७

शुक्रबार, ३ पौस २०७७

काठमाडौं- बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा नेपाली प्रतियोगी सेफ सन्तोष साह प्रतियोगितामा उत्कृष्ट तीनमै सीमित भएका छन् । पाककलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा मास्टरशेफ यूके मा नेपाली शेफ सन्तोष शाहले उत्कृष्ट तीनमै चित्त बुझाउनु परेको हो ।



हिजो सम्पन्न बीबीसी वानमा प्रसारित प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतका २५ वर्षीय आलेक्स वेबले उपाधि हात पारेका छन् ।

बीबीसीसँग कुरा गर्दै उनले उपाधि हात नलागे पनि नेपाली खानालाई विश्वमञ्चमा प्रस्तुत गर्न सकेको र नेपाल र नेपाली खानाको जित भएको बताए । सिराहा कर्जन्हाका ३५ वर्षीय शाहले भने, ट्रफी हात लगाउनु मात्र जित होइन, मैले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको छु ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट