प्रचण्डकै कारण पार्टी एकता संकटमा: लेखराज भट्ट [अन्तर्वार्ता]-Sutra News

प्रचण्डकै कारण पार्टी एकता संकटमा: लेखराज भट्ट [अन्तर्वार्ता]

सोमबार, २२ मंसिर २०७७

सोमबार, २२ मंसिर २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण पार्टी एकता संकटमा परेको बताएका छन् । सूत्रन्युजसँग कुराकानी गर्दै मन्त्री भट्टले प्रचण्डमा दरिलो राजनीतिक संस्कारको अभावका कारण पार्टीलाई विधि अनुरुप चलाउन नसकेकाले एकता संकटमा परेको बताएका हुन् ।



आफू कार्यकारी अध्यक्ष भए पनि पार्टीको काम ठीक तरिकाले चलाउन नसकेको भन्दै उनले ल्याएको राजनीतिक प्रस्ताव खारेज गरेर पार्टी एकतामा लाग्नुपर्ने सुझाव मन्त्री भट्टले दिएका छन् । ‘यदि पार्टी ठीक तरीकाले चलाउने हो भने पहिला प्रचण्डले स्थायी कमिटीको बैठकमा नै आत्मालोचनासहित माफी माग्नुपर्छ,’ भट्टले भने, ‘गुटबन्दी गरेर समाधान नहुने र त्यसका लागि पार्टी सचिवालमा खुला रूपमा छलफल हुनुपर्छ ।’

प्रचण्ड एकाधिकारवादी भएको र स्वेच्छाले पूर्वमाओवादी जस्तै पार्टी चलाउन खोजेकाले पार्टी विवाद चरमबिन्दु पुगेको उनको भनाइ छ । आफूखुसी पार्टी चलाउने भए विधान संशोधन गर्नुपर्ने र एक अध्क्षात्मक व्यवस्था बनाउनुपर्ने पनि मन्त्री भट्टले बताए ।

उनले प्रचण्डमा बौद्धिक गुण नभएको भन्दै केटाकेटीपन जस्तो जिद्दीपना बढी भएको टिप्पणी समेत गरे । जनता र कार्यकर्ताका बारेमा प्रचण्डले कार्यकारी अध्यक्ष भएर सोच्नुपर्ने मन्त्री भट्टले बताए । सचिवालय बैठकले हल गर्न नसकेको पार्टीको समस्या स्थायी कमिटी बैठकले हल गर्न नसक्ने पनि मन्त्री भट्टले बताए । पार्टी विवादको समाधान अध्यक्षद्वयले नै गर्नुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट