चलचित्र ‘हिंड्दा हिंड्दै’ को घोषणा-Sutra News

चलचित्र ‘हिंड्दा हिंड्दै’ को घोषणा

मंगलबार, ६ असोज २०७७

मंगलबार, ६ असोज २०७७

काठमाडौं– बन्दाबन्दीको ६ महिनापछि सोमबार राजधानीमा सिनेमा सम्बन्धि औपचारिक कार्यक्रम भएको छ। नेपाली चलचित्र ‘हिंड्दा हिंड्दै’ को शुभमुहुर्तको अवसरमा कार्यक्रम भएको हो।



चलचित्र नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र मिलन आले मगरको निर्देशनमा निर्माण हुन लागेको हो।

असोज दोस्रो साताबाट छायांकन थालिने सो चलचित्रमा आकाश श्रेष्ठ, सलोन बस्नेत, विकास थापाका साथमा नवनायिका रेखा शाह लगायतका कलाकारले अभिनय गर्ने छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट