अभिनेत्री कुरेसी भन्छिन्– छिट्टै ठूलो पर्दामा सिनेमा हेर्न पाइयोस्-Sutra News

अभिनेत्री कुरेसी भन्छिन्– छिट्टै ठूलो पर्दामा सिनेमा हेर्न पाइयोस्

शनिबार, ३ असोज २०७७

शनिबार, ३ असोज २०७७

काठमाडौं– बलिउड विस्तारै सामान्य अवस्थारित गईरहेको छ । यसैबीच कतिपय सिनेमाहरु डिजिटलमाध्यमबाट प्रसारण हुने पनि घोषण भईसकेका छन् । विगत ६ महिनादेखि सिनेमा हलहरु बन्द रहेकाले फिल्म उद्योगलाई ठूलो नोक्सान पनि भईसकेको छ । चलचित्रकर्मी, कलाकारसँगै सिनेमा हलका मालिकहरुले पनि दर्शकका लागि सिनेमाहलको ढोका खुल्ला गर्नुपर्ने भन्दै आवाज उठाईरहेका छन् ।



यसैबीच बलिउड अभिनेत्री हुमा कुरेसीले कोरोना महामारीले सिनेमाको व्यापारलाई निकै चोट पुर्याएको बताएकी छिन् । बेलायतमा आफ्नो सिनेमा ‘बेलबटम’को सुटिङमा व्यस्त रहेकी कुरेसीले ईतिहासमा पहिलो पटक विश्वभरका सिनेमा हलहरु बन्दै भएको भन्दै आफूले छिट्टै ठूलो पर्दामा सिनेमा हेर्न पाईयोस भन्ने कामना गरेकी छिन् ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ आएको समाचारका अनुसार कुरेसीले भनेकी छिन्, ‘विगतमा पनि विश्वले थुप्रै कुरा भोगेको थियो । तर, सिनेमाहलहरु खुल्ला थिए । अहिले महामारीले विश्वभरकै सिनेमा व्यापारलाई नराम्रोसँग मारमा पारेको छ ।’

अभिनेत्री कुरेसीले डिजिटलमाध्यमबाट सिनेमा हेरेपनि सिनेमा हलको जस्तो अनुभव नहुने बताएकी छिन् । ‘थुप्रै सिनेमाहरु ओटिटि माध्यमबाट प्रसारण हुने कुरा पनि आएको छ,’ उनले भनेकी छिन्, ‘मलाई लाग्छ, यो एक समय मात्रै हो । हामी सबैले ठूलो पर्दाको अनुभवलाई नै मन पराउँछौं।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट