वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने नेकपाको निर्णय-Sutra News

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने नेकपाको निर्णय

बिहिबार, १८ भाद्र २०७७

बिहिबार, १८ भाद्र २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभाको रिक्त पदमा उपाध्यक्ष बामदेव गौतमलाई नै पठाउने निर्णय गरेको छ। 



बिहीबार दिउँसो बालुवाटारमा बसेको नेकपा सचिलाय बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए।

यसअघि १४ फागुनमा बसेको नेकपा सचिवालय बैठकले गौतमलाई पठाउने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली उक्त स्थानमा अर्थमन्त्री युवराज खतिवडालाई पठाउन चाहान्थे। तर, सचिवालयका बहुमत सदस्य त्यसविरुद्ध भएकाले अन्ततः ओली पनि आफ्नो पूर्ववत अडानबाट पछाडि हटेका हुन।

बिना सांसद अर्थमन्त्री रहेका खतिवडा २० भदौमा दमुक्त हुँदैछन्। उनलाई ओली निरन्तरता दिन चाहान्थे जसका लागि गौतमको ठाउँमा खतिवडालाई सिफारिस गर्नुपर्थ्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट