अफगानिस्तानको कान्दाहारमा तालिबान कमाण्डर मारिए-Sutra News

अफगानिस्तानको कान्दाहारमा तालिबान कमाण्डर मारिए

शुक्रबार, ५ भाद्र २०७७

शुक्रबार, ५ भाद्र २०७७

काबुल–अफगानिस्तानको कान्दाहारमा एकजना तालिबान कमाण्डर कारबाहीमा मारिएका बताइएको छ। अफगानिस्तानको पूर्वी प्रान्तमा मंगलबार भएको कारबाहीका क्रममा ती सैनिक मारिएका अफगानिस्तानको सुरक्षा निकायले जनाएको छ।



कान्दाहारको सारजाद नाम गरेका एकजना तालिबानका कमाण्डर अफगान सेनाको कारबाहीमा परी मारिएका समाचारमा जनाइएको छ। अफगानिस्तानको सेनाका प्रवक्ताले उक्त क्षेत्रमा ती तालिबान कमाण्डर लुकेर रहेको सूचनाको आधारमा गरिएको कारबाहीका क्रममा उनी मारिएको बताइएको छ।

यसैगरी सो क्षेत्रमा तालिबान आतंककारीहरुले नागरिकको हत्याका लागि राखेका बारुदी सुरुङबाट विस्फोटक पदार्थहरु अफगानिस्तानको सेनाले बरामद गरेको पनि समाचारमा जनाइएको छ। रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट