उच्च सतर्कताका साथ तीज मनाउन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको अनुरोध-Sutra News

उच्च सतर्कताका साथ तीज मनाउन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको अनुरोध

शुक्रबार, ५ भाद्र २०७७

शुक्रबार, ५ भाद्र २०७७

काठमाडौं–राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिएका छन्। बिहीबार जारी सन्देशमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना व्यक्त गरेका छन्।



अध्यक्ष तिमिल्सिनाले विगतका वर्षहरूमा परिवार,आफन्तजन, साथीहरू जम्मा भएर हर्सोउल्लासका साथ मनाउने गरिएको तीज पर्व यस वर्ष भने विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण उच्च सतर्कताका साथ मनाउन सबैमा अनुरोध गरेका छन्।

‘चाडपर्वहरू मनाउँदा मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक छ, अध्यक्ष तिमिल्सिनाद्वारा जारी सन्देशमा उल्लेख छ, ‘पारिवारिक मिलन र सामाजिक सद्भावपूर्ण यस पर्वमा समेत जमघट गर्न अहिलेको समय प्रतिकूल भएकाले सम्पूर्णमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै मनाउनुहुन हार्दिक अनुरोध गर्दछु।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट