लिदी पहिरो अपडेट : सातको शव फेला, ३१ बेपत्ता-Sutra News

लिदी पहिरो अपडेट : सातको शव फेला, ३१ बेपत्ता

शुक्रबार, ३० साउन २०७७

शुक्रबार, ३० साउन २०७७

काठमाडौं– जुगल गाउँपालिका वडा नं–२ लिदिमा गएको पहिरोमा परी सात जनाको मृत्यु भएको छ। शुक्रबार विहान साढे ६ बजे खसेको पहिरोले ३७ घर पुरिदा सात जनाको मृत्यु भएको हो।



सभामुख अग्निप्रसाद सापकोटाले पहिरोस्थलको निरीक्षण गरेका छन्। पहिरोस्थलमा सभामुख सापकोटासहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा लगायतको टोली पुगेको थियो ।

सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार पहिरोले ३७ घर पुरीदा ७ जनाको मृत्यु भएको छ। ३१ जना अझै पुरिएर बेपत्ता छन्। नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले पूरिएकाहरुको खोजिकार्य जारी राखेका छन्।

सभामुखको पहलमा ५ जना घाइतेको उद्धार गरी उपचारका लागि चौतारा र काठमाडौं पठाइएको छ। लिदिमा राहत सामाग्री पनि पुर्याउने काम भइरहेको पनि न्यौपानेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट