भारतमा कोरोना संक्रमणबाट ४५ हजारको मृत्यु-Sutra News

भारतमा कोरोना संक्रमणबाट ४५ हजारको मृत्यु

मंगलबार, २७ साउन २०७७

मंगलबार, २७ साउन २०७७

काठमाडौं–भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ४५ हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा ८८७ जनाको मृत्यु भएपछि भारतमा मंगलबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ४५ हजार ३५३ पुगेको हो । 



वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५३ हजार १६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २२ लाख ६७ हजार १५३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १५ लाख ८१ हजार ६४० जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ४० हजार १६० जनाको उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट