विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड नाघ्यो, सात लाख ३४ हजार बढीको मृत्यु-Sutra News

विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड नाघ्यो, सात लाख ३४ हजार बढीको मृत्यु

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

जेनेभा- विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ। विश्व स्वास्थ्य (डब्लुएचओ)ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्।



कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरि सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको संगठनले जनाएको छ।  सोमबारसम्म विश्वभरिमा एक करोड २९ लाख ७५७ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।

विश्वभरिमा हालः ६३ लाख ९१ हजार ५०५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ। सङ्क्रमितमध्ये ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

चीनको हुबेई प्रान्तको उहानबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५१ लाख ९९ हजार ४४४ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा एक लाख ६५ हजार ६१७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

दक्षिण अमेरिकामा ४७ लाख ५० हजार ४०४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन्। यहाँ एक लाख ५९ हजार ७२९ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा  ६१ लाख २० हजार ५१५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन्। यहाँ दुई लाख ३४ हजार ८४५ जनाको मृत्यु भएको छ।

युरोपमा ३० लाख ३६ हजार ७५२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ६ हजार १४१ को मृत्यु भएको छ। एसिया ५० लाख ४२ हजार ४७० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ९ हजार ६३१ जनाको मृत्यु भएको छ।

अफ्रिकामा दश लाख ५२ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २३ हजार ३२४ जनाको मृत्यु भएको छ।  ओसियानामा २३ हजार ३०९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३४० जनाको मृत्यु भएको छ। 

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट