सिकिस्त बिरामी हुँदा पनि भारतीय अभिनेता सञ्जय दत्तले पाएनन् परिवारको साथ-Sutra News

सिकिस्त बिरामी हुँदा पनि भारतीय अभिनेता सञ्जय दत्तले पाएनन् परिवारको साथ

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

काठमाडौं–भारतीय अभिनेता सञ्जय दत्त सिकिस्त बिरामी हुँदा पनि परिवारसँगै नभएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। कोरोना भाइरसलाई जितेका सञ्जय यतिबेला मुम्बईस्थित लिलावती अस्पतालको आइसीयूमा छन्। ६१ वर्षीय अभिनेता सञ्जयको शरीरमा अक्सिजनक कम भएपछि अस्पताल भर्ना भएका हुन्। शनिबारदेखि अस्पतालमा रहेका सञ्जयका परीवार भने दुबईमा छन्।



सञ्चारमाध्यमका अनुसार सञ्जय पत्नी मान्यता, दुबै बच्चाहरु इक्रा र शरण मार्चमा लकडाउन सुरू भएदेखिनै भारत आउन सकेका छैनन्। उनीहरु दुबईमै रोकिएका छन्। उनीहरु सञ्जयसँग फोन, भिडियो कलमार्फत् सम्पर्कमा रहेका छन्। सञ्जय गत महिना मात्र कोरोना संक्रमणबाट मुक्त भएका थिए। अस्पताल भर्ना गरिएलगत्तै गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट