भारतमा कोरोना संक्रमित संख्या २२ लाखभन्दा बढी-Sutra News

भारतमा कोरोना संक्रमित संख्या २२ लाखभन्दा बढी

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

काठमाडौं–भारतमा एकैदिन ६२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। आइतबार ६२ हजार ११७ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्यासँगै भारतमा संक्रमित हुनेहरू २२ लाख १४ हजार १३७ पुगेका छन्।



वर्ल्डोमिटर्सका अनुसार संक्रमितमध्ये अहिलेसम्म १५ लाख ३४ हजार २७८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३५ हजार ३९३ जनाको उपचार भइरहेको छ। कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा १०९३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४४ हजार ४६६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट