पापडले कोरोना भगाउँछ भन्‍ने भारतीय मन्त्रीलाई कोरोना संक्रमण-Sutra News

पापडले कोरोना भगाउँछ भन्‍ने भारतीय मन्त्रीलाई कोरोना संक्रमण

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

नयाँ दिल्ली- भारतीय जनता पार्टीका एमपी तथा भारत सरकारका केन्द्रीय मन्त्री अर्जन राम मेघवाललाई कोरोना संक्रमण भएको छ। उनले पापडले कोरोना भाइरससँग लडन मद्धत गर्ने भन्दै हल्ला फैलाएका थिए।



शनिबार उनलाई कोरोना भाइरसको संक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतका जलस्रोत मन्त्री रहेका मेघवालले ट्वीटरमा आफूलाई कोरोना संक्रमण भएको उल्लेख गरेका छन्। संक्रमण पुष्टि भएसँगै आफू दिल्लीस्थित ‘अल इन्डिया इन्सच्ट्युट अफ मेडिकल साइन्स’ अस्पतालमा भर्ना भएको जानकारी दिएका छन्।

‘कोरोना भाइरसको सुरुवाती केही लक्षण देखिएपछि मैले परीक्षण गराएको थिएँ,’ उनले लेखेका छन्, ‘पहिलो रिपोर्ट नेगेटिभ आएपनि शनिबारको रिपोर्ट भने पोजेटिभ आएको छ।’ आफ्नो स्वास्थ्य ठीक भएको र आफ्नो सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको हेरचाह गर्न उनले अनुरोध गरेका छन्।

गत जुलाईमा मेघवालले एक ‘भाभीजी पापड’ नाम गरेको पापडको लञ्चमा यसले कोरोना भाइरससँग लडन शरीरमा एन्टिबडीको विकास गराउने बताएका थिए।

केही हप्तायता भारतका विभिन्न राजनीतिक नेताहरुलाई कोरोना भाइरसबाट संक्रमित भएका छन्। गृहमन्त्री अमित शाह, पेट्रोलियम तथा प्राकृतिक इन्धन मन्त्री धरमेन्द्र प्रधान, मध्य प्रदेशका मुख्य मन्त्री शिभराज सिंह चौहानलगायतलाई कोरोना संक्रमणको पुष्टि भएको छ। 

– एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट