भारतीय विदेशमन्त्रीको दाबीः बुद्ध भारतीय हुन्-Sutra News

भारतीय विदेशमन्त्रीको दाबीः बुद्ध भारतीय हुन्

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं–भारतीय विदेशमन्त्री एस.जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेका छन्। शनिबार भारतीय उद्यमी तथा व्यवसायीहरूको संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा आयोजित भर्चुअल सम्मेलनमा उनले त्यस्तो धारणा राखेका हुन् ।



भारतका दुई महान् व्यक्तिमा बुद्ध र महात्ममा गान्धी भएको उनको भनाइ छ। ‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुई जनालाई हो,’ उनले भनेका छन्, ‘पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी। र,हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पूरै विश्वले नै महान् भारतीयका रूपमा चिन्छ।’

दुई वर्षअघिको बुद्ध पूर्णिमाको अवसर दिएको मन्तव्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत भारत बुद्धको भूमि भएको दाबी गरेका थिए ।
मोदीको उक्त भनाइको नेपालमा निकै विरोध भएको थियो । तर उनी नेपाल भ्रमणमा आएका बेला व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै नेपाल बुद्ध भूमि भएको बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट