काठमाडौं उपत्यकामा ६२ सहित थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

काठमाडौं उपत्यकामा ६२ सहित थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, २१ साउन २०७७

बुधबार, २१ साउन २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको ब्रिफिङअनुसार संक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ। त्यस्तै थप १३१ जना कोरोनामुक्त भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार १५६ पुगेको छ। 

त्यस्तै काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ५७ र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

त्यस्तै पर्सामा थप दुई जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट