काठमाडौं उपत्यकामा ४५ सहित थप २७४ जनामा कोरोना संक्रमण-Sutra News

काठमाडौं उपत्यकामा ४५ सहित थप २७४ जनामा कोरोना संक्रमण

बिहिबार, १५ साउन २०७७

बिहिबार, १५ साउन २०७७

काठमाडौं- पछिल्लो २४ घन्टामा थप २७४ जनामा कोरोना संक्रमण भएको छ। काठमाडौं उपत्यकामा मात्र थप ४५ जनामा कोरोना संक्रमित भेटिएका हुन्।



काठमाडौं उपत्यकामा यो अहिलेसम्मकै ठूलो संख्या हो। काठमाडौंमा ४१, ललितपुरमा २ र भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ। पछिल्लो एकदिनमा ६ हजार ३ सय ४ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप २२७ जना कोरोनामुक्त भएका छन्। कोरोनामुक्त हुनेको संख्या १४ हजार २४८ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट