३११ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या १९ हजार नाघ्यो-Sutra News

३११ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या १९ हजार नाघ्यो

मंगलबार, १३ साउन २०७७

मंगलबार, १३ साउन २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै संक्रमित हुनेको संख्या १९ हजार नाघेको छ। 



स्वास्थ्य मन्त्रालयका अनुसार कूल संक्रमित संख्या १९ हजार ६३ जना पुगेको छ। पछिल्लो २४ घन्टामा देशभरि ५ हजार ३२ जनाको परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घन्टामा १२१ जना कोरोनामुक्त भएका छन्। योसँगै १३ हजार ८७५ जना कोरोनामुक्त भएका छन्।

हालसम्म नेपालमा कोरोना भाइरसबाट ४९ जनाको मृत्यु भएको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट