अफगानिस्तानमा कोरोना संक्रमितको संख्या ३६ हजार बढी-Sutra News

अफगानिस्तानमा कोरोना संक्रमितको संख्या ३६ हजार बढी

सोमबार, १२ साउन २०७७

सोमबार, १२ साउन २०७७

सिन्ह्वा–अफगानिस्तानमा सोमबार थप १०६ मा कोभिड १९ को संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ३६ हजार २६३ पुगेका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।



गत २४ घण्टामा ४७१ व्यक्ति कोरोना भाइरस परिक्षण गरिएको यसमा १०६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको सो मन्त्रालयले जनाएको छ ।

आफगानिस्तानमा गत फेब्रुअरी महिनाबाट कोरोना भाइरसको प्रकोप देखिएको र सो समयबाट हालसम्म यस संक्रमणबाट १ हजार २६९ व्यक्तिको मृत्यु भइसकेको छ ।

संक्रमित व्यक्ति मध्ये २५ हजार १९८ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट