केहीबेर बसेर नेकपा स्थायी कमिटी बैठक १३ गतेसम्मलाई स्थगित-Sutra News

केहीबेर बसेर नेकपा स्थायी कमिटी बैठक १३ गतेसम्मलाई स्थगित

मंगलबार, ६ साउन २०७७

मंगलबार, ६ साउन २०७७

काठमाडौं- सत्तारुढ ननेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठक केहीबेर बसेर स्थगित भएको छ।



मंगलबार ११ बजे बोलाइएको बैठक नेताहरुको सहमतिमा दुई घण्टा सारिएको थियो। त्यसपछि केही समय बसेको बैठक बाढी पहिरो प्रभावित बनेकाहरुको राहत र उद्धारमा खटिने निर्णय गर्दै १३ गेतसम्मलाई स्थगित भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाउनेप्रति शोक प्रस्ताव पारित गरेको थियो।

पूर्व निर्धारित स्थायी कमिटी बैठक दुई घण्टा पछि सार्दै सत्तारुढ नेकपाका दुई अध्यक्ष ‘वान टु वान’ वार्तामा बसेका थिए।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि बैठक स्थगित गर्ने सहमति बनेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट