ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता-Sutra News

ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता

मंगलबार, ६ साउन २०७७

मंगलबार, ६ साउन २०७७

काठमाडौं- पूर्व निर्धारित स्थायी कमिटी बैठक दुई घण्टा पछि सार्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष ‘वान टु वान’ वार्तामा बसेका छन्।



नेकपाका एक सचिवालय सदस्यका अनुसार बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साढे १२ बजेदेखि वार्तामा बसेका हुन्।

११ बजेलाई तोकिएको बैठक १ बजेसम्मलाई स्थगित गरिएको भए पनि ओली–प्रचण्डको बैठकपछि मात्रै स्थायी कमिटी बैठक बस्ने टुंगो लाग्नेछ।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेताहरु कुनै निष्कर्षमा पुग्न सकेका छैनन्।

विवाद समाधानको विकल्प भन्दै यसबीचमा ओलीले मंसिरसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्।

ओलीको यो प्रस्तावलाई स्वीकार गर्ने या नगर्नेबारे प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतका नेतामा दुविधा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट