खोइ निराजन ?-Sutra News

खोइ निराजन ?

बुधबार, १९ बैशाख २०८१

बुधबार, १९ बैशाख २०८१

काठमाडौं । मोडल तथा अभिनेता निराजन प्रधान चकलेटी लुक्सका कारण भिडियोमा बढी रुचाइने पात्र हुन् ।



लामो समयदेखि म्युजिक भिडियो तथा विज्ञापनमा देखिँदै आएका निराजनले सयौँ म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । विभिन्न फिल्ममा अतिथि भूमिकामा समेत काम गरिसकेका उनलाई फिल्मभन्दा म्युजिक भिडियोमा भ्याइनभ्याई हुन्थ्यो ।

निराजले आफ्नो करिअरको दुई दशकमा हजारौँ भिडियो र केही फिल्ममा अभिनय गरिसकेका छन् । उनले अहिलेसम्म लोकप्रिय निर्देशक तथा नयाँ पुस्ताका अभिनेत्री र मोडलसँग काम गरिसकेका छन् । म्युजिक भिडियामा व्यस्त मोडलको परिचय बनाएका उनले फिल्ममा भने दह्रो उपस्थिती जनाउन सकेनन् ।

दर्शकहरुबाट धेरै रुचाइएकै कारण निराजले म्युजिक भिडियोमा भने एकमाथि अर्को अवसर पाउँदै थिए । तर, नेपाली फिल्ममा भने खासै गतिलो प्रवेश नपाएको र काम गर्ने भनिएका फिल्म नबन्दा उनलाई दर्शकले फिल्मी पर्दामा बलियो तरिकाले हेर्न सकेनन् ।

म्युजिक भिडियोबाट जसोतसो कला यात्रा अगाडि बढाइरहेका निराजनले हरेक अवसरलाई अनुभव हासिल गर्दै निखारिएको अभिनय प्रस्तुत गर्ने दरिलो मञ्चको रूपमा लिएको स्पष्ट देखिन्थ्यो । पछिल्लो समय फिल्म ‘म’मा काम गरेर बक्स अफिसमा नराम्रोसँग पछारिएपछि यही क्रममा निराश भएकै अवस्थामा उनी अष्ट्रेलिया हानिए ।

अष्ट्रेलिया हानिएका निराजन यतिबेला उतै समय बिताइरहेका छन् । समयका हिसाबले एक वर्षको अन्तरालमा एक-दुई भिडियोमा देखिए पनि त्यसयता कुनै प्रोजेक्टमा देखिएका छैनन् । सूत्र न्युजसँगको छोटो कुराकानीमा निरनजनले फिल्मको अफर आए काम गर्न तयार रहेको बताउँछन् ।

अब उनैले भने जस्तो अष्ट्रेलियाबाट फर्किएपछि गज्जबको कम ब्याक गर्लान् ? वा उतै बस्लान् ?, त्यो भने समयले देखाउला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट