टि २० क्रिकेटमा लुम्बिनीको दोस्रो जित-Sutra News

टि २० क्रिकेटमा लुम्बिनीको दोस्रो जित

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । वीर गणेशमान सिंह टि २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई हराउँदै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ ।



मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई सात विकेटले पराजित गरेको हो । जितसँगै लुम्बिनीले तीन खेलमा चार अंक जोडेको छ ।

यसअघि गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको लुम्बिनीले मधेससँग २७ रनले पराजित भएको थियो । कर्णालीले प्रस्तुत गरेको ८२ रनको सामान्य लक्ष्य लुम्बिनीले १२ दशमलव दुई ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

लुम्बिनीका लागि कप्तान देव खेनालले २९ बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ५१ रन बनाए । यसैगरी मृर्नाल गुरुङले १३ रन जोडदा विराट भण्डारीले अविजित १० रन बनाए ।

कर्णालीका लागि कप्तान दिवान पुनले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ८१ रनको योगफल बनाएको थियो । उसका लागि अर्जुन घर्तीले सर्वाधिक २८ रनको योगादन दिए भने दिवान पुनले १२ तथा दीपेन्द्र रावलले ११ रन बनाए ।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका देव खनाल अविशेक गौतम र वीर मगरले समान दुई–दुई विकेट लिए भने निर्मल गुरुङ, कृष्ण कार्की र नर सार्कीले समान एक(एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट