बुबाको सपना पूरा गर्न राजनीतिमा आएको हुँ : सुहाङ नेम्बाङ-Sutra News

बुबाको सपना पूरा गर्न राजनीतिमा आएको हुँ : सुहाङ नेम्बाङ

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले मतदाताको शिर झुक्न नदिने बताएका छन् । नेकपा एमालेका तर्फबाट नवनिर्वाचित नेम्बाङले मतदाताको मतलाई शिरोपर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।



मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा सांसद नेम्बाङले इलामेली मतदातालाई कुनै प्रकारको संकोच नुहुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

“म मेरो बुबा (सुवासचन्द्र नेम्बाङ)को अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इलामेली जनतालाई कुनै संकोच नहुने गरी काम गर्ने छु,” उनले भने, “मलाई निर्वाचित गराउनु भएकामा सम्पूर्ण मतदातामा धन्यवाद ज्ञापन गर्दछु ।”

कार्यक्रममा सांसद नेम्बाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट