नबिल बैंकको विरगञ्ज शाखाबाट साढे एक करोड चोरी-Sutra News

नबिल बैंकको विरगञ्ज शाखाबाट साढे एक करोड चोरी

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । विरगञ्जको बाइपासस्थित नबिल बैंकको शाखाबाट साढे एक करोड रकम चोरी भएको छ । आइतबार राति बैंकको शाखा कार्यालयको गेटको ताल्चा फुटाइ चोर भएको प्रहरीले जनाएको छ ।



बैंकको सेफ बक्स काटेर पैसा चोरी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा सीसीटीभी फुटेजमा देखिएको छ । चोरले टिनको बक्सा फुटालेर एक सय र बीस रुपैयाँ दरको नोट चोरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बैंकको बाइबास शाखाले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको उजुरीअनुसार बैंकको एक करोड ३४ लाख रुपैयाँ चोरी भएको उजुरी दर्ता गराएको छ । बैंकले प्रहरीलाई उपलब्ध गराएको विवरणअनुसार चोरले लगेको टिनको बक्समा एक सय र २० रुपैयाँ दरका नोट चोरिएको उल्लेख गरेको छ ।

आइतबार साँझ बन्द गरिएको बैंक सोमबार बिहान सुरक्षा गार्डले ताल्चा खोल्न खोज्दा नखुलेपछि प्रहरीलाई खबर गरेर प्रहरीको रोहबरमा ताल्चा फुटाएको थियो । चोरले गेटको चाबीसमेत परिवर्तन गरेको खुलासा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट