अर्कैले सुन लगेपछि कतारबाट फर्किएका व्यक्ति बन्धक, दुई जना पक्राउ-Sutra News

अर्कैले सुन लगेपछि कतारबाट फर्किएका व्यक्ति बन्धक, दुई जना पक्राउ

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।



कतारबाट नेपाल आएका सप्तरीका राजविराजका सिकेन्द्र यादवलाई सिनामंगलमा बन्धक बनाएर राख्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा एमडी सहनी र अजिम अली रहेका छन् ।

नेपाल आएलगतै सिकेन्द्रलाई बन्धक बनाइएर उनीहरुले यादवको परिवारसँग चार लाख ८० हजार मागेका थिए । कतारबाट एक व्यक्तिले यादवलाई सुन दिएर पठाएको र नेपाल ओर्लेपछि यादवले ल्याएको सुन अर्कै व्यक्तिले बुझेपछि उनलाई बन्धक बनाएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।

घटनाको जानकारी पाउने बितिकै अनुसन्धानका लागि टोली खटिएको र सिनामंगलमा यादवलाई हात खुट्टा बाधेर राखेको अवस्थामा उद्धार गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट