डोल्पाका सबै सांसद बने मन्त्री-Sutra News

डोल्पाका सबै सांसद बने मन्त्री

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । हिमाली जिल्ला डोल्पाबाट संघ र प्रदेशमा निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर पाएका छन् । संघ प्रदेश गरेर तीन वटा निर्वाचन क्षेत्र रहेको डोल्पाबाट निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर पाएका हुन् ।



कर्णाली प्रदेश सरकारमा मात्रै डोल्पा जिल्लाबाट दुई मन्त्री नियुक्त भएका छन् । मंगलबार भएको मन्त्रिपरिषद् विस्तारमा एउटै जिल्लाबाट सत्ता गठबन्धन दलबाट प्रतिनिधित्व हुने गरी दुई मन्त्री नियुक्त भए ।

डोल्पा जिल्ला प्रदेश (क)बाट निर्वाचित नेकपा एमालेका सांसद शेरबहादुर बुढा भौतिक पूर्वाधारमन्त्री र प्रदेश (ख)बाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद वीरबहादुर शाही सामाजिक विकासमन्त्री नियुक्त भएका छन् ।

शाही दोस्रो पटक मन्त्री भएका हुन् । उनी यसअघि पनि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका थिए । डोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित सांसद धनबहादुर बुढा यसअघि संघीय सरकारमा एकीकृत समाजवादीबाट सहरी विकासमन्त्री भइसकेका छन् ।

एउटै जिल्लाबाट संघीय सरकारमा एक र प्रदेश सरकारमा दुई मन्त्री नियुक्त भएपछि जिल्लामा सडक पूर्वाधारलगायतका विकासले गति लिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट