एमालेकी शाक्य राष्ट्रियसभा सदस्यामा मनोनीत-Sutra News

एमालेकी शाक्य राष्ट्रियसभा सदस्यामा मनोनीत

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. अञ्जान शाक्य मनोनीत भएकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मनोनीत गरेका हुन् ।



गत चैत्र ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । ५९ सदस्यीय राष्ट्रियसभामा तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।

नेकपा एमाले विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्व नेपाली राजदूतसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट