प्रधानमन्त्री र मन्त्री मनाङेबीच भेटवार्ता-Sutra News

प्रधानमन्त्री र मन्त्री मनाङेबीच भेटवार्ता

बुधबार, १९ बैशाख २०८१

बुधबार, १९ बैशाख २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ ‘मनाङे’बीच भेटवार्ता भएको छ ।



गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गुरुङ प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । बुधबार बिहान भएको भेटमा समसामयिक राजनीतिक घटनाबारे छलफल भएको जनाएको छ ।

‘मन्त्री राजिव गुरुङले आज बिहान प्रधानमन्त्रीसँग भेटवार्ता गर्नु भयो, भेटमा समसामयिक राजनितिक घटनाक्रम र गण्डकीको विद्यमान राजनितिक अवस्थाका बारेमा छलफल भएको थियो,’ मन्त्री गुरुङको सचिवालयले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट