रसुवामा महिलाले सम्बन्ध विच्छेदको निवेदन दिने क्रम बढ्यो-Sutra News

रसुवामा महिलाले सम्बन्ध विच्छेदको निवेदन दिने क्रम बढ्यो

बुधबार, १९ बैशाख २०८१

बुधबार, १९ बैशाख २०८१

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्ध विच्छेदका घटना बढेका छन् । गत आवमा रसुवा जिल्ला अदालतमा ४५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा चालु आवको नौ महिनामा ८१ वटा त्यस्ता मुद्दा परेका छन् ।



जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारीका अनुसार आव २०७७–७८ मा २९, २०७८–७९ मा ३६ र आव २०७९–८० मा ४५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए ।

अधिकांश सम्बन्ध विच्छेद मुद्दा श्रीमतीले दायर गरेका छन् । केही पुरुषले दर्ता गराएका छन् । वैदेशिक रोजगारीमा गएका महिला तथा पुरुषबाट अधिकांश मुद्दा दर्ता भएका छन् ।

यसैबीच, रसुवाबाट चालु आवमा एक हजार दुई सय जनाले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सहज रूपमा राहदानीलगायत सेवा प्रवाह गरिएको जनाएको छ । राहदानी जारी गरेबापत राज्य कोषमा छ लाख दाखिला भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट