सुदूरपश्चिममा नाउपाकी मन्त्रीले लिइन् शपथ-Sutra News

सुदूरपश्चिममा नाउपाकी मन्त्रीले लिइन् शपथ

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले शपथ लिएकी छन् ।



प्रदेश प्रमुख नजिर मियाँले आज उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज मन्त्री मण्डल विस्तार गर्दै उनलाई नियुक्त गरेका थिए ।

यसअघि थापालाई विना विभागीय मन्त्री बनाइएको थियो । तर, उनले विना विभागीय मन्त्रीको शपथ लिन अस्वीकार गरेकी थिइन् ।

मंगलबार बसेको प्रदेशका सत्ता साझेदार दलको बैठकले नाउपालाई थप एक मन्त्रालय दिने सहमति भएको थियो । नाउपाबाट यसअघि कैलाश चौधरी भौतिक मन्त्री भइसकेका छन् ।

मुख्यमन्त्री सोडारीले शुक्रबारसम्म विश्वासको मत लिने गरी छलफल अघि बढाएका छन् । उनी एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट